प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध कायमै राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेको छ। 
यी दुई पार्टीले बैठक सुरु हुने बित्तिकै उठेर विरोध गरेका हुन् भने विरोध हुँदाहुँदै पनि बैठक चलेको भन्दै राप्रपाले बैठक बहिष्कार गरेका हुन्। 
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन्।