नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डबाट स्वदेश फर्किने भएको छ। 
आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोली अपराह्न स्वदेश फर्किन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। 
नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एक दिवसीय सिरिज खेल्न टोली स्कटल्यान्ड गएको थियो।
नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढङ्गले तेस्रो सुपर ओभरमा पराजित भएको थियो। दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो।
यस्तै, तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपाली टोली अन्तिम खेलमा स्कटल्याण्डसँग ३४ रनले पराजित भएको थियो। 
उक्त सिरिजमा नेपाल, नेदरल्यान्ड्स, स्कटल्याण्डको समान ४–४ अङ्क हुँदा पनि नेट रनरेटको आधारमा सिरिज स्कटल्याण्डले जितेको थियो।