६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष पेश गरिएको छ।
आजै सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराइएकी उनको बयान सकेर थुनछेक बहस गर्ने तयारी गरिएको छ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो।
राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो।
पक्राउ परेकी रोका उक्त ६१ किलो सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती भएको र काठमाडौंको ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता भएको बताइएको छ।