सुनसरीको वराहक्षेत्र नगरपालिका-५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
असार ७ गते राती ९ बजेको समयमा २४ वर्षीया श्रीमती ढलीसदा मुसहरलाई सोनिया मुसहरले सामान्य वादविवादको क्रममा कुटपिट गर्दा घाइते भएकी र असार ९ गते बिहान उनको घरमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले कुटपिट गर्ने मुसहरलाई पक्राउ गरेको हो।
श्रीमतीको कुटपिट गरी हत्या गर्ने मुसहरको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ।