अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ।
भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभीएनले सङ्खुवासभा जिल्लामा ९०० मेगावाट मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ।
भारतीय सञ्चार माध्यम ‘द प्रिन्ट’ का अनुसार कम्पनीले आफ्नो आगामी २१० मेगावाट लुहरी चरण–१ र ३८२ मेगावाट सुन्नी बाँध जलविद्युत परियोजना र हिमाचल प्रदेशमा ३८२ मेगावाट सुन्नी बाँध बाट बिजुली आपूर्तिको लागि युपिपिसीएल सँग बिजुली खरिद सम्झौता मा पनि हस्ताक्षर गरेको शिमलास्थित एसजेभिएनले एक विज्ञप्तिमा भनेको छ।
यी परियोजनाहरूले राष्ट्रिय ग्रिडमा ५९२ मेगावाट हरित ऊर्जा थप्नेछन्। यी परियोजनाले वार्षिक २१४० मिलियन युनिट बिजुली उत्पादन गर्नेछन्।
दुवै परियोजनाहरू डिसेम्बर २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। “एसजेभिएनले आफ्नो ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेडसँग विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर गरेको छ,” उक्त विज्ञप्तिमा भनिएको छ।
परियोजना सञ्चालनमा आउँदा, परियोजनाले ९०० मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्नेछ र राष्ट्रको बढ्दो बिजुलीको माग पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यो परियोजना सन २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यसका अतिरिक्त, एसजेभिएनले आफ्नो ३८२ मेगावाटको सुन्नी बाँध जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि नयाँ दिल्ली नगर परिषद् सँग पनि पिपिएमा हस्ताक्षर गरेको छ।