आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागु हुँदै छ। नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो।
नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ। आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ।
सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को विरोध गर्दै आएका छन् भने सरकारले यो अध्ययनका लागि समिति बनाएको छ। उक्त समितिले दिएको सुझावका आधरमा सरकारले करमा केही हेरफेर गर्न सक्ने बताइएको छ।
आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४–३६ २ ३८ जेठ १५ रातिबाटै लागू भइसकेका छन्। त्यसैगरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन अर्थात् आजबाट लागु भएका छन्।