राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाउने भएका छन्। 
लिङ्देनको नेतृत्वमा भोली साउन २ गते  दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरूको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापन पत्र बुझाउन लागेका हुन्।