फ्रान्सको महिला फुटबल क्लब इए गेङगाङ्प छोड्दै गरेको घोषणा गर्दै नेपाली महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ले क्लबसँग बिताएको दुई वर्षको यात्राप्रति कृतज्ञता व्यक्त गरेकी छन्। 

सामाजिक सञ्जालमार्फत उनले क्लब र समर्थकको साथप्रति आभार प्रकट गर्दै नयाँ सुरुवातको तयारीमा रहेको जनाएकी छिन्।

उनी अष्ट्रेलियन ए लिग क्लब वेलिङ्टन फोयनिक्स एफसीमामा अनुबन्धित भएकी छिन्।