वैदेशिक रोजगारीका लागि युएई पुगेका सूर्योदय नगरपालिका–७ गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडाको उपचारका क्रममा निधन भएको छ।

गएको जेठ ५ गते विदेश पुगेका खतिवडा त्यहाँस्थित मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए। उनी असार ८ गतेदेखि शिकिस्त बिरामी परेका थिए।

सुरुमा सेतो रक्त कोषको कमी देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई पछि निमोनिया समेत देखिएको र अवस्था गम्भीर बन्दै गएपछि आइसियुमा राखेर उपचार गरिए पनि अन्ततः असार २८ गते उपचारकै क्रममा निधन भएको दाइ लिलाधर खतिवडाले जानकारी दिए।

उनको उपचारमा लाग्ने खर्च मह भएकाले परिवारले आर्थिक सहयोगका लागि अपिल गरे। “लाखौँ सहयोग सङ्कलन गरियो। अन्ततः लेखनाथलाई बचाउन सकिएन। “ लिलाधरले भने।  

दुबईको एआई रोसिडमा अस्पतालमा प्राण त्यागेका लेखनाथको शव स्वदेश ल्याइ शुक्रबार गोगनेस्थित शुद्धिखोलामा अन्त्यष्टि गरिएको परिवारले जनाएको छ।