सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थित रहेको ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ।
साउन ०४ गते अपराह्न सङ्खुवासभा चैनपुर नगरपालिका-१ घर भई इटहरी स्थित सानी आमाको घरमा बस्दै आएका विष्णु लिम्बुको ११ वर्षीय छोरा क्रिश्वास लिम्बु र इटहरी-३ का दिपेश चौधरीको ८ वर्षीय छोरा दिप्सन चौधरी ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोली स्थानीयको सहयोगमा उद्धार गरी तत्काल उपचारको लागि क्रिश्वास लिम्बुलाई विराट मेडिकल कलेज टिचिङ अस्पताल टंकीसिनवारी र दिप्सन चौधरीलाई नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो।