नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँ कायम छ। सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ।