मोरङको लेटाङ नगरपालिका-५ स्थित मदन भण्डारी लोक मार्गमा सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। 
साउन ६ गते दिउँसो ON TEST सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालक लेटाङ-४ का ३९ वर्षीय भीषण राई, सिटीमा सवार ३२ वर्षीय जनम तामाङ, सुनसरी वराहक्षेत्रका २२ बर्षीत सन्देश राई र ३० वर्षीय क्षितिज राई घाइते भएकोमा उपचारको क्रममा जनम तामाङको विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको हो।
सिटी चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।