झापाको दमकमा आइतबार बिहान मर्निङ वाकका क्रममा दुई दिदीबहिनी जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका छन्।
दमक नगरपालिका–१ बरगाछी नजिक बिहान करिब ४ बजे स्थानीय सुनिता राई र कविता राईलाई हात्तीको आक्रमण गरेको हो। मर्निङ वाक गरिरहेका बेला सामुदायिक वन क्षेत्रबाट निस्किएको जङ्गली हात्तीले दुवै जनालाई आक्रमण गरी फ्याँकेको थियो।
घटनापछि स्थानीयले तत्कालै उद्धार गरी दमक अस्पताल पुर्याएका थिए तर अवस्था गम्भीर भएकाले दुवै जनालाई थप उपचारका लागि बिराटनगर रिफर गरिएको छ।