अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध आयोगमै उजुरी परेको छ। नागरिक अभियन्ता युवराज पौडेल ‘सफल’ले शुक्रबार राईविरुद्ध आयोगमै लिखित उजुरी दर्ता गरेका हुन्।

पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता अनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरेका हुन्।