ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
साउन ११ गते बिहान पौने १० बजे फुङलिङबाट फावाखोला तर्फ ज्यादै गरेको मे.१ ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकबाट करिब ६० मिटर तल खसी दुर्घटना हुँदा घाइते भएकी सोही स्थानकी २८ बर्षीया भावना विश्वकर्मालाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने चालक ३३ वर्षीय सविन विष्टको बिर्ता सिटी अस्पताल झापामा उपचार भइरहेको छ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको छ।