डोल्पाको ठूलीभेरी नगरपालिका-३ धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

त्रिपुरा सुन्दरी नगरपालिका-६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहराको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान दाउरा लिन गएका उनीहरू भेरी नदीको बहाव एक्कासि बढ्दा बीच भागमा फसेका थिए।

उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ। उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।