सत्ता घटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइरहेको समयमा दुई दलका शीर्ष नेताहरूको बैठक बसेको हो। बैठकमा यसै एजेन्डामा छलफल हुने स्रोतको भनाइ छ।