उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।

१५ जना सवार तीर्थयात्री बोकेको जिप आइतबार इटियाथोकस्थित बेलवा बहुता रेहरा पुल नजिकै नहरमा खसेको छ।

इटियाथोक प्रहरीका अनुसार दुर्घटनामा परेका तीर्थयात्रीहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथ जलाभिषेकका लागि जाँदै थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्।

यसैगरी, मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन्।