भुटानको थिम्पुमा आजदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै छन्। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।
यही भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन्।
सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो।
नेपालले अन्य खेलमा भदौ १३ गते भारतसँग, ६ र १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका लागि नेपाली टोली सोमबार नै भुटान पुगेको छ।