विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोधमा निजी विद्यालय सञ्चालकले आज विराटनगरमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायत निजी विद्यालय संगठनद्वारा संयुक्त रूपमा आयोजित प्रदर्शनमा प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टिकाराम पुरीसहित मोरङ र सुनसरीका पदाधिकारीको सहभागिता थियो। विराटनगरका मुख्य सडकमा विरोध र्‍याली गरिएको हो।

उनीहरूले विधेयकमा उल्लिखित पूर्ण छात्रवृत्तिको व्यवस्था र गैरनाफामूलक भन्ने प्रावधान हटाउन माग गर्दै आएका छन्। माग पूरा नभए देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।