राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा उम्मेदवार छान्न आज प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) गराइरहेको छ। 

रास्वपाबाट रूपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन्।

सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता आकांक्षी छन्। त्यस्तै, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी छन्। 

मतदाताहरूले ९ जनामध्ये एक जना उम्मेदवारलाई छनोट गर्न पाउनेछन्। ९ जनामध्ये कुनै पनि उम्मेदवार मन परेन भन्न पनि पाउने सुविधा रहेको छ। 

मतदाताले मोबाइल एपमार्फत् मतदान गर्नेछन्। मतदान बिहीबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म समय निर्धारण गरिएको छ।