सुनसरी, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भदौ १७ गते सुनसरीको प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले धरान-६ का ओम बहादुर भुजेल र शीर्षक राईलाई ८ सय ८० ट्याब्लेट प्रतिबन्धित औषधी ट्रामाडोल र डिकोलिक सहित र प्रहरी चौकी लालपत्ता उदयपुरले त्रियुगा नगरपालिका-१० का डेनिल बस्नेतलाई प्रतिबन्धित औषधी २०७ एम्पुल सहित पक्राउ गरेको छ।
यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका-९ स्थित भित्री सडक खण्डमा BR11V6734 नम्बरको भारतीय मोटरसाइकलबाट ट्रामाडोल १७ हजार ९ सय ४० ट्याब्लेट बरामद गरेको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य गरिरहेको छ।