कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरी बिच प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता नवीकरण भएको छ। 
भदौ २० गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की र सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरीका प्रमुख वसन्त रुपाखेती बिच सम्झौता नवीकरण भएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले टेलिभिजन कार्यक्रम मार्फत आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यका साथ सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरी तथा स्थानीय टेलिभिजनहरूसँग सम्झौता गरी प्रहरी कार्यक्रमलाई प्रभावकारीरुपमा निरन्तर प्रसारण गर्दै आइरहेको छ। 
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोल लगायत प्रहरी अधिकृतहरू तथा सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरीका उत्पादन प्रमुख अमित कुमार वर्मा सहितका पदाधिकारीहरूको उपस्थित रहेको थियो।
2