जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अर्को अनिश्चिनकालका लागि बन्द गरेको हो। जसले गर्दा नागरिकता, राहधानी र राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने सेवाग्राही मार्कामा परेका छन्।

अराजक समूहले आगजनी गर्दा  प्रशासनको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन्। अन्य महत्त्वपूर्ण कागजात र उपकरणहरु पनि जलेर खरानी भएको छ।

तत्काल सेवा प्रवाह गर्न नसक्ने भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए। कम्प्युटर प्रिन्टर जलेका कारण उनले आइतबार हस्तलिखित सूचना जारी गरे।