नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो। यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य तोलामा दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। यससँगै सोमबार चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ७५ रुपैयाँ कायम भएको छ।