हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। 

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार २२ जना बोकेको ट्रक दुर्घटनामा परेको हो। घाइते मध्ये तीन जनाको टाउकोमा गम्भीर चोट लागेको छ। 

घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रजीअ श्रेष्ठले बताइन्।