नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन्।
भक्तपुरको गुन्डुस्थित निवासमा नेता-कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन्। ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता-कार्यकर्ता भेटघाटका लागि पुगेका छन्।
भेटघाटमा पुगेकाहरूले केपी ओलीसँग फोटो खिचाएर फर्किएका छन्। सार्वजनिक भए पनि ओलीले त्यस क्रममा कुनै प्रतिक्रिया दिएनन्।