विराटनगर महानगरपालिका–११ मा एक पुरुषको घरको छतबाट खसेर मृत्यु भएको छ। मंगलबार राति ११ः४५ बजेतिर ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल आफ्नै घरको छतबाट खसेका थिए।

प्रहरीका अनुसार मंगलबार राति करिब ११ः४५ बजेतिर तीन तले घरको छतबाट खसेका पौडेल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी विराट नर्सिङ होम पुर्याइएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरे।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, पौडेल कसरी खसे भन्ने यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताइन्। उनको शव हाल विराट नर्सिङ होममै राखिएको छ।