झापाको बिर्तामोड नगरपालिका-७ खालबाडीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। अन्दाजी ३५/३६ वर्षीय फुर्बा तामाङको उनकै घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो।

तामाङको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका २७/२८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला बरामद गरेको छ। 

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटना के कति कारणले घट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।