झापा जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
असोज ०७ गते बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका २५ वर्षीय मुस्ताज मुस्लिम र बिर्तामोड-६ का २६ वर्षीय समीर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। 
त्यस्तै, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-१ का ३३ वर्षीय हर्क बहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका-११ का २६ वर्षीय वीरेन्द्र लिङ्देनलाई पक्राउ गरेको छ। 
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।