आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली विरामी भएपछि स्थगित भएको हो। 

अध्यक्षलाई रुघा लागेको भन्दै बैठक भोलि ११ बिहान बजे बस्ने गरी सारिएको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए। 

एमालेको सचिवालय बैठक शुक्रबार पनि बसेको थियो। गुन्डुमा बसेको पार्टी सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए।  

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। 

बैठकमा पार्टी पुनर्गठन, संसद् पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए। के गर्ने भन्ने निष्कर्ष भने निस्किसकेको छैन। 

आज बस्ने भनिएको बैठकले पार्टीको अधिवेशनको मिति तय प्रस्ताव गर्ने बताइएको थियो। पार्टीको महाधिवेशन मंसिरको अन्तिममा वा पुसको सुरुमा हुने गरी बैठकले प्रस्ताव गर्ने सम्भावना छ। महाधिवेशनको मिति तोक्ने निर्णय केन्द्रीय कमिटीले गर्ने छ। 

एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि बोलाइएको छ।