सुनसरीमा गोली हानेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ।
रामधुनी नगरपालिका-२ तनमुनास्थित सडकमा सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो। स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रहरीले जनाएको छ।
नगरको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाइरहेका उनको बायाँ छातीमा गोली हानिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली हानेर हत्या गरेका खुलेको छ। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले शनिबार साँझ साढे ५ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको बताए।
चौधरीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि लगिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए।