राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सरेको छ। बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल दुई दिन पछि सारिएको हो।
छलफलका लागि शीतल निवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भनी बैठक सारिएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक छलफल जारी राखेका छन्।
राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरू बीचमा छलफल गर्ने गरी आज शीतल निवास बोलाइएको थियो। शीतल निवासमा प्रवेश नपाएको भनी केही जेनजीले गेटबाहिर विरोध गरेका थिए।