झापाको भद्रपुर नगरपालिका–३ भैसावारीस्थित मेची खोलाको किनारमा एक पुरुष मृत फेला परेका छन्। स्थानीयवासीले शनिबार बिहान खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय भद्रपुरका अनुसार मृतक पहाडे मूलको जस्तो देखिने व्यक्ति हुन्, तर हालसम्म उनको परिचय खुलेको छैन। प्रारम्भिक रूपमा शवमा कुनै बाह्य चोटपटक नदेखिएको भए पनि मृत्युको कारण स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
शवलाई परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।