अस्ट्रेलियाको मेलबर्नमा अभ्यासको क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ।
नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बल लागेर घाइते भएका १७ वर्षीय क्रिकेटर बेन अस्टिनको निधन भएको हो।
उनको टाउको र घाँटीमा बल लागेको थियो। अस्पताल लगिएपछि, बेनलाई लाइफ सपोर्टमा राखिएको थियो। यद्यपि, उनको बुधबार मृत्यु भएको छ। उनले सुरक्षाका लागि हेलमेट पनि लगाएको ठानिएको छ।
उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ।




















