मोरङको जहदा गाउँपालिका-३ बाट लागूऔषध गाँजा ओसार पसारमा संलग्न एम्बुलेन्स र चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कार्तिक १९ गते राती विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाट खोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ स्थितमा स. १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्सभित्र कालो रङ्गको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागू औषध गाँजा बरामद गरेको हो।
गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स सँगै रहेका को. ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलीप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ।


















