भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गर्ने भएको छ।

भारतको बिहार विधानसभा– २०२५ को दोस्रो चरणको निर्वाचनका लागि आज शनिबार बेलुकाबाट ७२ घण्टाका लागि सीमा नाका नाका गर्ने भएको हो।

मंगलबारको मतदानपछि मात्रै नाका खुल्नेछ। भारतीय पक्षको आग्रहमा निर्वाचन अवधिभर नाका बन्द रहेन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए।

तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ।