वराहक्षेत्र नगरपालिका–८ स्थित सडक छेउमा आज बिहान बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ।
स्थानीयले नवजात शिशु फेला पारेपछि इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएलगत्तै कार्यालय प्रमुख दिवस कुँवर नेतृत्वको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले शिशुलाई उद्धार गरी नगर अस्पताल चक्रघट्टीमा उपचारका लागि लगेका छन्। अस्पतालका अनुसार शिशुको अवस्था हाल सामान्य रहेको छ। शिशुको पहिचान खुल्न सकेको छैन।
प्रहरीले शिशु कसले छाडेको हो भन्नेबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।




















