सुशीला कार्कीको बहिर्गमन र सर्वपक्षीय सरकारको माग गर्दै काठमाडौंको माइतीघरमा संयुक्त जेनजी आन्दोलनले आज मंगलबार पनि प्रदर्शन गरेको छ।

जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठन, जेनजीका माग सम्बोधनलगायत माग राख्दै प्रदर्शन गरेको हो।

सुशीलाले आन्दोलन हाइज्याक गरेको र जेनजीका माग पूरा गर्न चासो नदेखाएको आन्दोलनकारीको आरोप छ।

उनीहरूले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालविरुद्ध नाराबाजी गरेका छन्। आन्दोलनमा निकोलस भुसाल पनि मिसिएका छन्।