भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।

आयोगले लेखकलाई आगामी शुक्रबार बयानका लागि बोलाएको हो। लेखकलाई पत्र पठाइएर आयोगमा उपस्थित भई बयान दिन भनिएको छ।

प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान थालेको हो।

लेखकको बयानपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने आयोगले जनाएको छ।