नेपाली कांग्रेसका नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको बताएका छन्। आज रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतसँग भएको भेटपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्।
नेता शर्माले भने- ‘हामी १० वर्ष पछि काङ्ग्रेसको सभापति हो । पार्टी छोड्ने कुरा हुँदैन । आज संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको हो।’




















