झापामा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।
मेचीनगर नगरपालिका-१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बेलुकी करिब ६ बजे दाउरा लिन वनमा गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ।
घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।




















