विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको राजनीतिक सहमतिलाई लिएर नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले तिखो प्रतिक्रिया दिएका छन्।

पार्टी सभापति रवि लामिछाने र बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने ७ बुँदे सहमति सार्वजनिक भएपछि नेता घिमिरेले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्। उनले दुवै नेतालाई ‘सिंहदरबार र सर्वोच्च अदालत जलाउने’ को संज्ञा दिँदै उनीहरूबीचको एकतामाथि प्रश्न उठाएका छन्।

घिमिरेले लेखेका छन् फेसबुकमा लेखेका छन्, ‘सिंहदरबार र सर्वोच्च अदालत जलाउनेहरूलाई एउटै पार्टीमा जोडाएर चुनाव लडाउने पो भएछन् त १’

एमाले केन्द्रीय सचिवालय बैठक बस्न लागेको र समानुपातिक उम्मेदवारको बन्द सूची टुङ्ग्याउने तयारी भइरहेका बेला वैकल्पिक शक्तिका रूपमा उदाएका रवि र बालेनको नयाँ समीकरणलाई परम्परागत दलका नेताहरूले निकै चासो र आलोचनात्मक दृष्टिले हेरिरहेका छन्।