मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले गोली चलाएको छ।
शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाल–भारत सीमा क्षेत्रनजिक प्रहरीले राति १०ः३० बजेतिर प्रहरीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई भारतीय भागेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।
प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ। हाल दुवैलाई नियन्त्रणमा लिइ कारबाही तथा आवश्यक अनुसन्धान भइरहेको छ।




















