उदयपुरमा भूकम्प गएको छ। शनिबार बेलुका १० बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार, बागपाटी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। 

यसअघि शनिबार नै ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।