पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति भएको सर्वोच्च अदालत भवनको अवलोकन गरेकी छिन्। भण्डारीले शुक्रबार सर्वोच्च भवनको अवलोकन गर्दै क्षतिको विवरणबारे जानकारी लिएकी हुन्।
भण्डारीले सर्वोच्चका उच्च अधिकारीहरूसँग त्यहाँ भएको क्षतिबारे जानकारी लिएकी थिइन्। सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेलले भण्डारीलाई क्षतिबारे जानकारी गराएका थिए।
भदौ २४ गतेको आन्दोलनमा सर्वोच्चको मुख्य भवन जलेपछि एनेक्स भवनबाट नियमित काम भइरहेको छ।




















