पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा आदेश जारी भएको छ।
सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो।
पूर्वमा बसपार्क, पश्चिमा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी भएको छ।
यो आदेश अर्को आदेश नभएसम्मका लागि जारी भएको हो। यस अवधिमा कुनै पनि भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन।
धनुषामा मस्दिजमा तोडफोड भएको भन्दै मधेसमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्। वीरगञ्जमा आइतबार पनि प्रदर्शन भएको थियो। प्रशासनले शान्ति सुरक्षा कायम गर्न अनुरोध गर्दै आएको छ।




















