नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १९५ रुपैयाँले बढेर आज ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी ४ हजार ६८५ रुपैयाँमा कायम भएको थियो।