राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत राजनीतिक समायोजन घोषणा सभा सुरू भएको छ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम सुरू भएको हो।
आज नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट-थारूवान अभियान्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समायोजन घोषणा हुन लागेको हो।
घोषणा सभामा सहभागी हुन नेता कार्यकर्ताहरू उपस्थित भएका छन्।




















