नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन्। सप्तरी निवासी यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरे।

तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका यादव पूर्वलडाकु हुन्।

उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री समेत बनेका थिए।

०७४ को निर्वाचनमा भने उनी सप्तरी ३ बाट उपेन्द्र यादवसँग पराजित भएका थिए।